Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश क्यापिटल र तेह्रथुम पावरबीच सम्झौता

नेपाल बंगलादेश क्यापिटल र तेह्रथुम पावरबीच सम्झौता


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच यही भदौ ३१ गते बिहीबारका दिन द्विपक्षीय सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुुन् । हाल तेह्रथुम पावरको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पुँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ । चुक्ता पुुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात् २८ करोड रकम संस्थापकहरूबाट र बाँकी ३० प्रतिशत अर्थात् १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू समेत) नेपाली नागरिकहरूबाट कम्पनीको पुँजी उठाइएको छ ।

अब चाँडोभन्दा चाँडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया