Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमुक्तिनाथ क्यापिटलको १२औँ वार्षिक साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औँ वार्षिक साधारणसभा


काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२औँ वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्तासम्बन्धीसेवाहरू प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरू समेत सञ्चालन गर्ने योजना रहेको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना समेत रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया