Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सद्वारा थप दुईवटा शाखा विस्तार

पोखरा फाइनान्सद्वारा थप दुईवटा शाखा विस्तार


काठमाडौँ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उमनपा वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर नपा वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३औँ र २४औँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागि विभिन्न जिल्लाहरूमा शाखा खोलिने उद्देश्यअनुरूप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरू खोलिएको फाइनान्सले जनाएको छ । यस शाखाहरूमार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोबाइल बैकिङ, सीआस्वा, आईपीएस, चेक क्लियरिङ रेमिट्यान्सलगायत अन्य आधुनिक बैंकिङ सेवाहरू प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए । फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १२ करोड ७०
लाख ८२ हजार सात सय ७८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा सात करोड ३० लाख १४ हजार तीन रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार सात सय ९० रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा आठ अर्ब ९८ करोड ६५ लाख ४५ हजार नौ सय ७९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८५ करोड ५२ लाख तीन हजार सात सय ७८ रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ९९ लाख १० हजार एक सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको । चार दशमलव २५ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने यस अवधिमा नौ करोड ३२ लाख ७१ हजार नौ सय ६५ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५० करोड ८३ लाख एक हजार पाँच सय ६६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९९ करोड ८६ लाख ४५ हजार नौ सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ६५ लाख ६४ हजार ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया