Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु

महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु


काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीकरूपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचीदेखि महाकाली सम्मका नब्बेभन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

‘काम गरी आय आर्जन गरौँ – बीमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत युवामाझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारन्टी सरकारले गर्न सकिरहेको छैन । अर्कोतिर देशमा स्वरोजगारीका प्रशस्त अवसर हुँदा पनि युवावर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरूलाई जानकारी गराउने र उनीहरूमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।

दुईदिने उक्त सम्मेलनमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा बीमा क्षेत्रसँग दुई दशकदेखि जोडिएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमाविज्ञ डा. दामोदर बस्यौलाले सहभागीहरूलाई प्रशिक्षण दिएको थियो । बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा देशभरिका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको छ ।

जिल्लास्तरमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुस मसान्तभित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ । आव २०७८–०७९ भित्र यो कार्यक्रम सञ्चालन गर्न महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी पनि कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया