Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१३ दसमलव ८३ अंकले उक्लियो सेयर बजार

१३ दसमलव ८३ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन एक सय १४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंंगलबार १३ दसमलव ८३ अंकले उकालो लागेर २७ सय १२ दसमलव सात बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दसमलव ३६ अंकले ओरालो लागेर पाँच सय आठ दसमलव ६२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ९५ हजार छ सय ४६ पटकको कारोवारमा एक करोड ५३ लाख छ हजार ६१ कित्ता सेयर किनबेच भएका छन् । उक्त किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार छ सय ५२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी नौ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुबित्त, र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् भने ट्रेडिङ, फाईनान्स, उत्पादमुलक र सामुहिक लगानी कोष उपसमुहरुको सचुक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया