Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट कार्डवाहक तथा कर्मचारीहरूले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् । यसकिसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, एक सय १७ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया