Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको रुकुम–पूर्वमा रहेको नयाँ शाखाको उद्घाटन

कृषि विकास बैंकको रुकुम–पूर्वमा रहेको नयाँ शाखाको उद्घाटन


काठमाडौं । कृषि विकास बैंकले रुकुमपूर्वमा रहेको नयाँ शाखाको औपचारिक समुदघाटन गरेको छ । बैंकले लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रूपमा चिनिने शाखा पूर्वरुकुमको औपचारीकरूपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबाट उद्घाटन सम्पन्न भएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले यो क्षेत्र कृषिको लागि प्रचुर सम्भावना वोकेको क्षेत्र भएकोले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावासायिक कृषितिर लाग्न सर्वसाधारणलाई आग्रह गरेका थिए । यस क्षेत्रका जनताको जिवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईँहरूको साथमा रही तपाईँहरूको घर आगनको वैंकको रूपमा सहकार्य गर्न तयार रहेको भनी आश्वस्त पारेका थिए । त्यसैगरी यस बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आबद्ध गराई लैजाने बताएका थिए ।

उक्त कार्यक्रमलाई सर्वसाधारण स्थानीय जनताको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बलबहादुर शाहीले लामो समयकोे प्रतीक्षापश्चात् पूर्वी–रुकुमका जनताले सरकारी बैंकमार्फत बैंकिङ कारोबार गर्न पाउँदा कृषि विकास बैंक लिको व्यवस्थापनलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरू सफल रहुन भनेर शुभकामना समेत व्यक्त गरेका थिए ।

हाल यस क्षेत्रका करिब पाँच सयभन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएको समेत बताए । त्यसैगरी कृषि विकास वैंक प्रदेश कार्यालय नेपालगञ्जका निर्देशक गिरिराज रेग्मीले बैंकले उपलब्ध गराउने सेवाको बारे जानकारी गराएका थिए । पूर्वी रुकुमका प्रबन्धक विष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक र नेपालगञ्ज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गरेका थिए भने कृषि विकास बैंकका व्यवसाय सहायक मदन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया