सिद्धार्थ बैकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत चार लाख ९७ हजार दुई सय रुपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागि प्रयोग गरिनेछ ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सुश्री सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुुन् । जोन्टा काठमाडौँले हिंसापीडित रहेका चेली र महिलाहरूलाई सहयोग गर्न विभिन्न साझेदारहरूसँग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस एक सय हेल्पलाइनसँग पनि सहकार्य गरेको छ ।
सन् २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैंकिङ र रेमिट्यान्स सेवाहरू प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरूमध्येको एक हो । बैंकको देशभरिमा एक सय ८० वटाभन्दा बढी शाखाहरू छन् र यसको प्रधान कार्यालय काठमाडौँमा अवस्थित रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया