Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको सञ्चालकमा केसी

कृषि विकास बैंकको सञ्चालकमा केसी


काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्य पदमा रमेश केसी नियुक्त भएका छन् । मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा केसी मनोनयन भएका हुुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य केसीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले शपथग्रहण गरेका छन् । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू डा. हरिबहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, श्री विनोदकुमार गुरागाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा तीन अर्ब ६९ करोड ४४ लाख ७० हजार एक सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब ३३ करोड १७ लाख ३७ हजार पाँच सय ७५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुुई रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार नौ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब ८६ करोड २५ लाख चार हजार नौ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब २६ करोड ४१ लाख ४७ हजार छ सय २२ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड ५० लाख एक हजार छ सय ८२ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख २४ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ७१ करोड ६१ लाख २१ हजार दुई सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियोे भने स्प्रेड दर चार दशमलव ४४ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया