Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको केएस डिजी डिजिटल वालेट

कामना सेवाको केएस डिजी डिजिटल वालेट


काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरूको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरूमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरूले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरू अपलोड गरी केएस डिजी डिजिटल वालेट खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

हिजो एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरे हो । यस डिजिटल वालेट खोल्न एपमा अनुुहार पहिचान गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग भएको छ । साथै, एकाउन्ट ओपनिङ लोन एप्लिकेसन, इन्टर अपरेवल क्यूआर एम क्यासलगायतका बैंकिङ सेवा तथा सुविधाहरू रहेका छन् ।

काठमाडौँ –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २९ वटा शाखा, एउटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरूमा अब्वल बैंकको रूपमा स्थापित गर्ने उद्देश्य रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया