Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुुन आउने ३६ करोड २५ लाख ५८ हजार पाँच सय ५४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

यसैगरी कम्पनीले कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बोनस तथा नगद समेत गरी कम्पनीले कुल ३८ करोड १६ लाख ४० हजार पाँच सय ८३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज आठ गते बसेको एक सय ४८औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया