Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुँदै

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुँदै


काठमाडौं । बहुचर्चित मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ आउँदो सोमबार बाँडफाँड गरिने सम्भावना बढेको छ । आईपीओ निष्कासनपछिका काम तीव्र गतिमा भइरहेकाले आउँदो सोमबार (असोज ११ गते) खुल्ने सम्भावना बढेको हो ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुने प्रबल सम्भावना छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ । ‘स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौँ’, मध्यभोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले भने । उनका अनुसार १५ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने तयारी छ ।

नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्ता पुँजी छ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको एक अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुनआउने ६० करोड रुपैयाँ अर्थात् ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये तीन लाख ६० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्कासन हुने सेयरको चार प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र चार लाख ५० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्कासन हुने सेयरको पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया