Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारअरुणभ्याली हाइड्रोपावर कम्पनीद्वारा सेयर मूल्य समायोजन

अरुणभ्याली हाइड्रोपावर कम्पनीद्वारा सेयर मूल्य समायोजन


काठमाडौँ ।  अरुणभ्याली हाइड्रोपावर कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको दोस्रो कारोबार दिन सोमबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय २३ रुपैयाँ तोकेको हो ।

पछिल्लोपटक भने कम्पनीको प्रतिकित्ता पाँच सय ७५ रुपैयाँमा सेयर कारोबार भएको थियो । बजार पुँजीकरण नौ अर्ब ९४ करोड ५१ लाख ७१ हजार दुई सय ५० रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँबराबरको एक करोड ७२ लाख ९५ हजार नौ सय ५० कित्ता सेयर सूचीकृत रहेको छ । नेप्सेका अनुसार सोही दिन नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्डले पनि सेयर मूल्य समायोजन गरेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया