राष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पस कारोबारमा क्यास व्याक अफर ल्याएको छ । बैंकले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल (पस)को माध्यमबाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । बैंकका अनुसार यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कात्तिक २४ गतेसम्म लागू हुनेछ ।
देशभर विभिन्न व्यवसायहरूमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वाप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यसअन्तर्गत तीनदेखि पाँच पटकको कार्ड स्वाप मा पाँच प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, छदेखि १० पटकको कार्ड स्वापमा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैयाँ र ११ देखि १५ पटकको कार्ड स्वापमा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यास ब्याक हुनेछ । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा दुई सय ४८ वटा शाखा कार्यालय, दुई सय १६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया