कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट
काठमाडौं । नेपालीहरूको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरूलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गतेदेखि असोज १८ गतेसम्म सामानहरूको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।
सो सम्झौताअनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा दुई हजार रुपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय रुपैयाँसम्मको छुट पाउनेछन् । सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरूले दराज अनलाइन सपिङमार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरू झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरूलाई सरसामान खरिदलगायत अन्य गतिविधिहरूका लागि डिजिटल बैंकिङ प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।
बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ७३ एटीएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया