Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिटिजन्स कोसेली निक्षेप योजना

सिटिजन्स कोसेली निक्षेप योजना


काठमाडौं, माघ १४
सिटिजन्स बैंकले ग्राहकहरूलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारम्भ गरेको छ । योजनाअन्तर्गत बैंकका व्यक्तिगत ग्राहकहरूले मुद्दतिमा राखेको रकम सात वर्ष छ महिना (९० महिना)पश्चात् सावा तथा ब्याजबापत एकमुष्टरूपमा दोब्बर हुनेगरी रकम फिर्ता पाउने छन् । यो निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभरि फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ इकाइहरूबाट पाँच लाखभन्दा बढी ग्राहवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू प्नि उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया