Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा बैंकको ‘दशैँ धमाका’ सार्वजनिक

सानिमा बैंकको ‘दशैँ धमाका’ सार्वजनिक


काठमाडौं । नेपालीहरूको महान चाड वडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरूको लागि दशैँ धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई फस्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिनेछ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा पाँच सय रुपैयाँसम्म क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । बंैकको देशका सातै प्रदेशमा एक सय छवटा कार्यालय तथा ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया