Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको रतुवामाई सोमबारे शाखा उद्घाटन

कृषि विकास बैंकको रतुवामाई सोमबारे शाखा उद्घाटन


काठमाडौं । कृषि विकास बैंकले रतुवामाई सोमबारे शाखाको उद्घाटन गरेको छ । बैंकले शाखा कार्यालय रतुवामाई सोमबारे मोरङको रतुवामाई नगरपालिका वडा नं. १० नयाँ बजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट आफ्नो काकरोबारको सुरुवात गर्दै असोज १० गतेका दिन एक समारोहका बीच औपचारिक उदघाटन गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिबन काटेर उद्घाटन गरेका हुन् । उक्त उदघाटन कार्यक्रमलाई बैंक सञ्चालक समितिका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा यस बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरूको उपलब्धता यस बैंकसँग रहेकोले सेवा लिने। सम्पूर्णमा आग्रह गरे । उनले कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुनेगरी अगाडि बढ्न निर्देशन दिए ।

उद्घाटन मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि अनिलकुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषिलाई नछोड्ने नीति रहेको कुरा राख्दै विगतदेखि वर्तमानसम्म आइपुग्दा अत्याधुनिक सेवाहरू प्रदान गर्दैै हाल प्रचलनमा रहेका बैंकिङ क्षेत्रका सम्पूर्ण प्रोडक्टहरू, बैंकले उपलब्ध गराउँदै आएकोले सेवा गर्ने मौका प्रदान गर्नआग्रह गरेका थिए ।

सो उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक दीर्घबहादुर अर्यालले बैंकले उपलब्ध गराउने सेवा सुविधाका बारेमा प्रकाश पार्दै भोलिका दिनमा बैंक टिकाइराख्ने जिम्मा स्थानीय बासिहरूकै हुने भएकोले बैंकका व्यवसाय अभिवृद्धिमा विशेष जोड दिन आग्रह गरे । सोमबारे बजार व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासीहरूले बैंकका व्यवसाय अभिवृद्धिमा आवश्यक सहयोग गर्ने र बैंक शाखाको पुनःस्थापना भएकोमा बैंक परिवार र स्थापनाका लागि पहल गर्ने सबैलाई हार्दिक धन्यवाद समेत दिए ।

उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. प्रदेश कार्यालय १ का प्रदेश प्रमुख नवराज न्यौपानेले बैंकले उपलब्ध गराउने सेवा, सुविधाका बारेमा प्रकाश पार्दै उक्त सेवा सुविधाको उपभोग गर्न आम स्थानीयवासीहरूलाई हार्दिक आग्रह गरे । उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंकका प्रदेश कार्यालय १ का कर्मचारीहरूलगायत अन्य शाखाहरूबाट पनि कर्मचारीहरूको उपस्थित रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया