जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर
म्याग्दी, माघ १४
प्रभु बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित वडा नं ०७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार म्याग्दीस्थित जिल्ला प्रशासन कार्यालय मा स्थापित एक्स्टेन्सन काउन्टरको सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकृत ग्याननाथ ढकालले एक समारोहका बीच उद्घाटन गरेका हुुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल दुुई सय पाँचवटा शाखा कार्यालय, एक सय ५२ वटा एटीएम ४५ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया