Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक एडीबीको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

नबिल बैंक एडीबीको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित


काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एसियाली विकास बैंक (एडीबी) को ट्रेड एन्ड सप्लाइ चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिलले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाइ चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जुुन २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिलको एक सय ३५ वटा शाखा, एक सय ८४ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । नबिलले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया