सनराइज बैंकको शाखारहित बैंकिङ सेवा मोरङको मृगौलियामा
काठमाडौं, माघ १४
सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु-याउँदै जाने उद्देश्यका साथ मोरङको मृगौलियामा ४७औं शाखारहित बैंकिङ सेवाको सुरूवात गरेको छ । बैंकका अनुसार शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छधारले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् ।
उक्त बैंकिङ सेवाका प्रतिनिधिदेव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन भयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । यो सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने जनाइएको छ ।
बैंकले हाल आफ्ना एक सय ३० वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउन्टर र एक सय ५२ वटा एटीएममार्फत आफ्ना छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया