Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक


काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले पुँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरूलाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ योजना सार्वजनिक गरेको जानकारी दिएको छ । साथै डिम्याट खातासम्बन्धी समस्याहरूबाट गुज्र्रिएका खातावालाहरूलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ ।

क्यापिटलले उत्सवलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरूमा विभिन्न योजनाहरू लागू समेत गरेको छ । यसअन्तर्गत नेपाल सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानअन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाइनमार्फत क्यापिटलको वेबसाइटमा गई निवेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू र कुमारी क्यापिटल लिमिटेडबाट खाता खोल्न सकिनेछ । निःशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफूसँग भएको भौतिक सेयरहरूलाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने र खातासम्बन्धी समस्याहरू परेमा ग्राहकहरूले हाम्रो हट लाइन (०१ ५९७००८२) मा फोन गरी समस्याको यथाशीघ्र निराकरण गरिने कम्पनीले जनाएको छ ।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफूसँग भएको सानो सानो पुँजीलाई लगानी गरी पुँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलका अनुसार यो योजना सीमित अवधिको लागि मात्र मान्य हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया