आरम्भ चौतारी लघुवित्तको प्र्रमुख कार्यकारीमा शर्मा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतको पदमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाका अनुसार सञ्चालक समितिको यही असोज १४ गते शुक्रबार बसेको बैठकले सोही मितिदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्त गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको शपथग्रहण गराए ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यअनुुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रूपमा कार्य सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआईसी एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य गरी छोटो समयमा संस्थालाई उचाईमा पु-याएको अनुभव छ ।
शर्माले आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा विशेष दख्खल रहेको छ । पदभार ग्रहण कार्यन्क्रममा बोल्दै संस्थाका अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयां उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे तथा निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्धि विकासमा सदैव आफूले सहयोग गर्न तयार रहने कुरा व्यक्त गरे ।
संस्थाले हाल सातवटा प्रदेश ५२ जिल्ला एक सय ३७ वटा शाखा कार्यालयमार्फत ८७ हजार सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ऋणीमार्फत चार अर्व ७८ करोड कर्जा लगानी र एक अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया