Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम


काठमाडौं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरणसम्बन्धी विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने बताए । देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया