Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा

एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा


काठमाडौं । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७६–०७७ को वितरणयोग्य सञ्चित मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको १२ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनश सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेललाई निर्वाचित गरेको छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा १० अर्बभन्दा बढी रहेको छ भने निक्षेप संकलन ११ अर्बभन्दा बढी रहेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४१ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालू आवमा आफ्नो कार्यक्षेत्र भित्रका जिल्लाहरूमा थप नयाँ शाखाहरू स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ । पुँजी वृद्धिका लागि कम्पनीको गत चौधौँ वार्षिक साधारणसभाको निर्णयअनुसार चुक्ता सेयर पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ पैसाको ३० प्रतिशतका दरले २४ करोड ३३ लाख ३६ हजार तिन सय ६७ पैसाको हकप्रद सेयर निष्काशन मिति असोज २५ गते खुल्ला हुनेभएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया