Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं । नेपाल बंगलादेश क्यापिट लिमिटेडले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आसार ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७–०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७७–०७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी २० करोड रुपैयाँको १९ प्रतिशतले हुन आउने तीन करोड ८० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी सभाले आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको सर्त तोक्ने प्रस्तावहरू पारित भएको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया