Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सम्झौता

नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सम्झौता


काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो ।

वैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरूलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्रावधिक सयोगमा कोष र रेमिट्यान्स कम्पनीहरूको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको निर्माणसँगै आईएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कटेल, निर्देशक गोपाल घिमिरेलगायत सहभागी रहेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया