Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त

एनएमबी बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त


काठमाडौं । एनएमबी बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतका अभिनेता हुन् । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जानकारी दिएको छ ।

शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबी बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे ।

त्यसैगरी शाहलाई एनएमबी बैंक परिवारमा ब्रान्ड एम्बेसडरको रूपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुशी छ । जसरी शाहले अभिनयसँगै समाजसेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै एनएमबी बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मूूलधारमा राखी कार्य गर्दै आइरहेको छ । बैंकले देशभरिका एक सय ८१ शाखाहरूका साथै एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया