Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा

गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को २६औँ साधारणसभा गरिएको छ । होटल क्राउन इम्पेरियलमा भएको साधारणसभाबाट नयाँ सञ्चालन समितिहरु चयन भएका छन् । संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राई, तथा साधारण सेयरधनीबाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा प्रद्युम्नकुमार भट्टराई छन् ।

फाइनान्सले मुख्य कार्यालयसहित २६ शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातैवटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्यान्स सेवा दिइँदै आएको छ ।

फाइनान्सका शाखाहरु रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौंडा, सर्लाही तथा काठमाडौं उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरु र एक एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया