Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको नयाँ शाखा गोकर्णेश्वरमा

सानिमा बैंकको नयाँ शाखा गोकर्णेश्वरमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौँको गोकर्णेश्वरमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार मंगलबार उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन् ।

उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय नौवटा कार्यालयर ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया