Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबाराका किसानहरूलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

बाराका किसानहरूलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिकरूपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरूको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रूपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरूलाई व्यावसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका विभगीय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा सुविधाहरू, बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरू, बचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिएका हुुन् । नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरूको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरूले जोड दिए ।

उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ । साथै, बैंकले कृषकहरूलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ ।

किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीउ, मल, किटनाशक औषधिलगायतका सामानहरू तोकएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरूबाट खरिद गर्न सक्नेछन् । किसान कार्ड बैंकले कृषकहरूलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरूलाई बैंकिङ तथा साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ । उक्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटाका जिल्ला संयोजक गौरीशंकर पाण्डेलगायतले उर्बर नेपालले किसानहरूको उत्पादन उर्बर बजारमार्फत उपभोक्तासमक्ष पहुँच पु-याउने व्यहोरा बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया