Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रोनगढमा

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रोनगढमा


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८औँ शाखा बाराको सिम्रौनगढमा पनि विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेको बैंकले जनाएको छ ।

सिम्रौनगढ शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु-याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागहरूलाई पुर्णरूपमा पुरा गर्ने बैंकिङ सेवाहरू प्रदान गर्नेछ । बैंकले हाल सबै क्षेत्रमा थरी ८७ वटा शाखा एक सय ३० वटा एटीएम काउन्टर, २० वटा एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ दइयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८ युरोमनी अवार्डबाट समेत सम्मानित भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया