Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुवित्तको ९३औँ शाखा काठमाडौँमा

साधना लघुवित्तको ९३औँ शाखा काठमाडौँमा


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औँ शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा यही शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौँ उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्नेभएको छ । वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत गरी जम्मा २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यही कात्तिक १३ गते पाँचौँ वार्षिक साधारणसभा समेत डाकेको छ । राष्ट्रियस्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरूमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया