Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको सन्देशमूलक भिडियो सार्वजनिक

एभरेष्ट बैंकको सन्देशमूलक भिडियो सार्वजनिक


काठमाडौं । एभरेष्ट बैंकले हरेक पिँढीलाई स्मार्ट बन्ने उद्देश्यसहितको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । नेपालीहरूको महान् चाड दशैँलाई मध्यनजर गर्दै बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको हो ।

दशैँ आएलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । साथै टीका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् । अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ प्रयोग गरी सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ । सो भिडियो एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमा गई हेर्न सकिनेछ ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच शाखा सञ्जाल, प्रादेशिक कार्यालय १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया