मध्यपुर थिमी सहकारीमा कृष्णकाजी मानन्धरको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति
काठमाडौं । मध्यपुर थिमी बचत तथा ऋण सहकारी संस्थामा कृष्णकाजी मानन्धर नेतृत्वको सात सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाको १४औँ वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जोशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाको विनियमबमोजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियो । ऋण उपसमितिमा संयोजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयोजक डा. उज्ज्वल जोशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक साधारणसभाको उद्घाटन सत्र गत हप्ता अर्थात् असोज १६ गते शनिबारै सम्पन्न गरेको थियो ।
नियामक निकायले निर्देश गरेबमोजिम यो वर्ष सीमित सदस्यहरूको उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरी सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका महानुभावहरूको भौतिक उपस्थिति र अन्य सदस्यहरूको अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको सभाहलमा जुम सफ्टवेयरमार्फत सम्पन्न भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण संस्थाको फेसबुक पेजमार्फत गरेको थियो ।
संस्थामा एक हजार तीन सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला पाँच सय १२ र पुरूषहरूको संख्या आठ सय १६ रहेको छ । संस्थाको चालू आर्थिक वर्षमा जम्मा दायित्व १५ करोड ७१ लाख ९१ हजार नौ सय ९३ रुपैयाँ पुगेको छ । यसअघि, साधारणसभाको एक हप्ते कार्यक्रमहरूबारे सूचना प्रसार गर्न प्रत्येक सदस्यहरूको घर–घरमै पुगेर वार्षिक साधारणसभा सम्बन्धिको आमन्त्रण पत्र पठाइएको थियो । सोही सूचना संस्थाको सूचना पाटी, विभिन्न पत्रपत्रिका, टोल–टोलमा टाँगिएको टुल, संस्थाको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया