Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनवरात्रिमा नबिलसँग ‘नव लगानी’

नवरात्रिमा नबिलसँग ‘नव लगानी’


काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नवरात्रिमा नबिलसँग ‘नव लगानी’ नामक योजना सुरु गरेको छ । यही २०७८ सालको बडा दशैँको उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरूलाई लक्षित गरी आफूले घटीमा नौ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ महिनाको लागि वार्षिक सेवाशुल्कबापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्कबापत मात्र शून्य दशमलव नौ प्रतिशत लिइनेछ ।

यस्तो सेवा प्राप्त गरेबापत लगानी रकमको नौ प्रतिशतसम्म फाइदा भएमा सोभन्दा माथिको नाफामा नौ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ । घटीमा तीन वर्षको लागि लकिङ हुने यस्तो रकम सेवा प्राप्त गर्दागर्दैै सेवाग्राहीलाई बीचैमा रकम झिक्नुपर्ने अवस्था आएमा शून्य दशमलव नौ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाइदा रकम जुनसुकै बेला विना कुनै शुल्क झिक्न सक्नेछन् ।

नवरात्रिको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै नौ प्रतिशतदेखि शून्य दशमलव नौ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरूको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ताहरू तथा विभिन्न व्यवसायमा रहेका व्यवसायीहरू र सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरूलाई यो सेवा फलदायी हुनेज नाएको छ ।

कम्पनीले यससम्बन्धी अन्य जानकारीको लागि नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौँको फोननम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सन नम्बर १११, १४१ मा सम्पर्क गर्न वा इमेलमा माआफ्नो जिज्ञासा राख्न समेत आग्रह गरेको छ । कम्पनीले यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने नवलगानीकर्ताहरूले यसको पूर्ण फाइदा लिने पूर्ण विश्वास लिएको जानकारी दिएको छ ।

यसरी नै लगानीकर्ताहरू र उद्यमीहरूको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रियस्तरको वित्तीय सेवा तथा इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङसम्बन्धी सुविधाहरू नबिल इन्भेष्टले पछिल्ला दिनहरूमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरूलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपायसहित एकै छानामुनि पूरै आर्थिक तथा वित्तीय समाधानहरू पर्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया