Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकको वैदेशिक रोजगार कर्जा

प्रभुु बैंकको वैदेशिक रोजगार कर्जा


काठमाडौं, माघ १५
प्रभुु बैंकले वैदेशिक रोजगार कर्जा सुरु गरेको छ । बैंकका अनुुसार प्रदेश नम्बर दुुईका वैदेशिक रोजगारीको प्रकृयामा रहेका ग्राहकहरूलाई लक्षित गरी यो कर्जा सुरु गरेको हो । कर्जा योजनाअन्तर्गत विशेषगरी प्रदेश नम्बर दुुईका पाँचवटा जिल्ला अर्थात् बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका ग्राहकलाई यस्तो कर्जा दिइनेछ । बैंकका यूकेएडसँगको सहकार्यमा यस्तो कर्जा योजना ल्याइएको हो । यस्तो कर्जा दिनुुको प्रमुुख उद्देश्य वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाउने र उनीहरूको परिवारमा वित्तीय पहुँच पु-याउने रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया