Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउच्च व्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछिको बढ्यो सेयर बजार

उच्च व्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछिको बढ्यो सेयर बजार


काठमाडौ ।निक्षेपको व्याजदरबृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपश्चात सेयर बजार परिसुचक उकालो लागेको छ । आज बुधबार सेयर बजार परिसुचक ६० दसमलव ६० दसमलव ५६ अंकले उकालो लागेर २५ सय ७१ दसमलव ६६ बिन्दुुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव नौ अंकले उकालो लागेर चार सय ८४ दसमलव पाँच बिन्दुुमा चढेको छ ।

आज कुल १३ वटा उपसमुह अन्र्तगत दुुई सय १७ वटा कम्पनीह्रुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ३४ हजार छ सय ४४ पटकको कारोवारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर किनबेच भएकाछन । उक्त किनबेचका आधारमा आज कुुल सेयर कारोवार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये १३ वटै उपसमुहरुको सुचक उकालो लागेर सेयरमा पुरै हरियाली देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया