Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकद्वारा पर्सामा आँखा शिविर

मेगा बैंकद्वारा पर्सामा आँखा शिविर


काठमाडौं, माघ १५
मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौँ सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । बैंकका अनुसार शिविरमा दुुई सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रतन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको जानकारी बैंकले दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया