Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने


काठमाडौं । सिद्धार्थ बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दे आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कात्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो । यसका लागि ग्राहकहरुले बैंकको इजी बैंक प्लेटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगीकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दे आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको बैकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया