Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिनसक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । बैकले देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, एक सय २१ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया