Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरलले पायो एसियाकै ‘बेष्ट इम्प्लोयर अवार्ड’

आईएमई जनरलले पायो एसियाकै ‘बेष्ट इम्प्लोयर अवार्ड’


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ‘एसियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ प्राप्त गरेको छ । कम्पनीका अनुसार ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आईएमई जनरलले उक्त अवार्ड प्राप्त गरेको हो ।

उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्सिच्युट, वर्ल्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदारहरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय, सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा कृतज्ञतासहित धन्यवाद ज्ञापन गरे ।

उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिष्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदाझैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया