Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ सय ५६ बिन्दुमा पुगेर रोकियो सेयर बजार

२५ सय ५६ बिन्दुमा पुगेर रोकियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन नेपाल राष्ट्र बैंकले निक्षेपको उच्च व्याजदरमा हस्तक्षेप गरे संगै ६० बिन्दुले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ओरालो लागेको छ ।

आज सेयर बजार परिसुचक १४ दसमलव सात अंकले ओरालो लागेर २५ सय ५६ दसलव ९५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६५ अंकले ओरालो लागेर चार सय ८३ दसमलव ३९ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । उक्त कारोवारमा ३६ हजार सात सय ६२ पटक सेयर किनबेच हुंदा ६१ लाख छ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार चार सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये अन्य र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक बढेर बाँकी उपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया