Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको थप नयाँ शाखा विस्तार

कुमारी बैंकको थप नयाँ शाखा विस्तार


काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रूपमा सञ्चालनमा ल्याएकोे छ । बैंकका अनुसार बागमती प्रदेशको काठमाडौँ महानगरपालिका वडा नं. ८, स्थित सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरू पुगेको छ ।

नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत २० वर्षदेखि आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ७३ एटीएम, १४ विस्तारित काउन्टरलगायत ३३ शाखारहित बैंकिङ एकाइहरूमार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया