Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइङवा हाइड्रोको साधारण सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

इङवा हाइड्रोको साधारण सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट


काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)को बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीका अनुसार प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

इङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, काठमाडौँ वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।

इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया