Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको नयाँ शाखा काठमाडौँको चपली र भक्तपुरको बालकोटमा

सानिमा बैंकको नयाँ शाखा काठमाडौँको चपली र भक्तपुरको बालकोटमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले थप दुईवटा शाखा विस्तार गरेको छ । बैंकले बिहीबार काठमाडौँको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो ।

चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बूढानीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्तरूपमा गरेका हुन् । यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिकावडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्तरूपमा गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशको सातै प्रदेशमा एक सय १६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया