Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको ‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नयाँ हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतीमा परिणत हुने सुविधा रहेको छ ।

यस बचत खाताको समयावधि ग्राहकहरूको इच्छाअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको रहनेछ भने मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ । यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरूले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रूपमा प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समय–समयमा यस्ता योजनाहरू ल्याउने गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया