Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड’

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड’


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरूलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको ‘सहयात्री सिमकार्ड’ सित्तैमा उपलब्ध गराउने विषयमा उक्त सम्झौता भएको हो ।

सम्झौतामा ग्लोबल आईएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटाका तर्फबाट कार्यकारी निर्देशक एन्डी चोङले मंगलबार हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू एवं उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरूले ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न दुई सय ५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । यसैगरी सहयात्री सिमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टक टाइम, २० वटा एसएमएस तथा दुई सय एमबी डाटा प्राप्त हुनेछ । यसका साथै सिम सुचारु गरिएको दुई दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक सय मिनेट एनसेल टक टाइम तथा एक सय एमबी डाटा पनि पाइनेछ ।

सहयात्री सिमकार्ड प्रयोगकर्ताहरूले एक वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रहरूमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेेछन् । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकहरूलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवाहरू प्रदान गर्दै आएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८१ वटा शाखा, दुई सय ५१ वटा एटीएम, दुई सय ६० वटा शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ४० वटा सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया