Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘आईएमई डबलको डबलको डबल’ अफरका मासिक विजेता छनोट

‘आईएमई डबलको डबलको डबल’ अफरका मासिक विजेता छनोट


काठमाडौं । आईएमईले पर्वलक्षित दशैँमा ‘डबलको डबलको डबल’ अफरअन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् ।

काठमाडौँको पानीपोखरीमा अवस्थित आईएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेसले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए । उनीहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र यूएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आईएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार नौ सय ८६ र ४१ हजार दुई सय २२ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफरअनुसार आईएमईले उनीहरू वा निजको सिफारिसमा उनीहरूका निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्नेछ ।

यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेताअन्तर्गत सुनिल मगर, छत्रबहादुर जिमी, विकाश खजुम र भानु आचार्य भएका छन् । उनीहरूलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ । आईएमईले सार्वजनिक गरेको पर्वलक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कात्तिक २६ (तदअनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म ५७ दिनका लागि अहिले सञ्चालनमा छ ।

अफरअनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हाजरभन्दा बढी एजेन्टहरू वा आईएमई–पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरूलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई–पेमा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था मिलाइएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिनेछ । आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

सेवाग्राहीहरूले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, सञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया