Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकका सञ्चालक शाक्यद्वारा गोपनीयताको शपथ

नेपाल बैंकका सञ्चालक शाक्यद्वारा गोपनीयताको शपथ


काठमाडौं । नेपाल बैंकका सञ्चालकले रितेशकुमार शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बैंकका अनुसार सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भई आएका छन् । नवनियुक्त सञ्चालकले यही कात्तिक चार गतेका दिन सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

शपथग्रहण कार्यक्रमपश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य र शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य र शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । शपथग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतर कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया